फ्रेञ्च लिग वानमा पीएसजीकाे प्रभावशाली जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाडौं । फ्रेञ्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लामो समयको ब्रेकपछिको खेलमा निसमाथि प्रभावशाली जित निकालेको छ । नौ खेलाडीमा झरेको निसलाई पीएसजीले चार-एकले हरायो ।

पीएसजीको जितमा एञ्जल डी मारियाले दुई गोल गरे । खेलको १५ औँ मिनेटमा मारियाको गोलमा पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि २१ औं मिनेटमा फेरि मारियाले नै गोल गर्दै पीएसजीलाई दुई-शून्यले अगाडि राखे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पीएसजीविरुद्ध ६७ औं मिनेटमा निसले एक गोल फर्काएको थियो । उसका लागि गानागोले गोल गरेका थिए । तर त्यसपछि निसले तीन मिनेटका फरकमा दुई वटा रातो कार्ड पाउन पुग्यो ।

७४ औं मिनेटमा साइप्रिनले दोहोरो पहेलो कार्ड पाए भने ७७ औं मिनेटमा हेरेलीले सोझै रातो कार्ड पाउँदा निस नौ खेलाडीमा झर्न पुग्यो । जसको फाइदा उठाउँदै पीएसजीले दुई मिनेटको फरकमा दुई गोल थप्न सफल भयो । ८८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे भने ९० औं मिनेटमा इकार्डीले गोल गर्दै चार-एकको अवस्थामा पुर्‍याए ।

यो जितसँगै पीएसजीले अंकतालिकामा दश खेलबाट २४ अंक बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस