कार्तिक २, काठमाडौं । पूर्व राष्ट्रिय कप्तान नेरी थापाको नेतृत्वमा रहेको ललितपुर फाल्कोन्सले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी महिला क्रिकेट लिग-डब्लूसिएलमा लगातार दोस्रो हार ब्यहोरेको छ।
आफ्नो पहिलो खेलमा ललितपुर शुक्रबार चितवन राइनोज वुमन्ससँग ८९ रनले पराजित भयो। इन्दु बर्माको नेतृत्वमा रहेको चितवनको लगातार दोस्रो जित हो।
पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ३५ रन जोडेको थियो। चितवनका रितु कनौजिया एक्लैले अविजित ५८ रन बनाइन्। प्यारी चौधरीले २२, काजल श्रेष्ठले १५ र इन्दु वर्माले १० रन बनाइन्।
ललितपुर १७ ओभर १ बलमा ४६ रनमा समेटियो। ललितपुरलाई सस्तोमा समेट्न कविता गौतमले ३, ऋतु कनौजियाले २ तथा रेखा रावल र सुमन खतिवडाले एक एक विकेट लिए।
यसअघि शुक्रबार भएको पहिलो खेलमा विराटनगर टाइटन्स वुमनले पोखरा पल्टन वुमनलाई ६ विकेटले हराएको थियो।