टुंगियो लिभरपुलको लगातार जितको यात्रा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक ४, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक ४, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलको लगातार जितको यात्रा टुंगिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा लिभरपुल १–० ले पछि परेको थियो । ३६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए ।

खेलको अन्तिम समयसम्म पछि रहेको लिभरपुलका लागि ८५ औँ मिनेटमा एडम लालनाले गोल गरेर हारबाट जोगाए, अर्थात लिभरपुलको लगातार जितको यात्रा टुंगिए पनि अपराजित यात्रा भने कायम छ ।

लिभरपुल लिगमा लगातार १८ औँ जितको खोजीमा थियो, जसबाट उसले सन् २०१७ को अगस्टदेखि डिसेम्बरसम्ममा म्यानचेस्टर सिटीले लगातार १८ खेल जितेर बनाएको कीतिर्मानमा बराबरी गर्ने थियो । तर त्यो पूरा हुन सकेन ।

लिभरपुलले गएको सिजनका अन्तिमका ९ र यो सिजनका सुरुका ८ खेलमा जित निकाल्न सफल भयो । यो सिजनको नवौँ खेलमा उ बराबरीमा रोकियो ।

बराबरीपछि शीर्ष स्थानको लिभरपुलको ९ खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको १९ अंक छ । १३ औँ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको मात्रै १० अंक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस