कार्तिक ६,काठमाडौँ । हसनटार युथ क्लवको अयोजनामा नार्गाजुन नगरपालिका वडा नम्बर ९ का खेलाडीहरुलाई आज नगद रुपैँया, बल र जर्सी प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य इश्वर बिडारीबाट बल प्रदान गरिएको हो ।
वस्र्टन मोटर्सका सञ्चालक मदन कुमार केसीले जर्सी र नगद सहयोग गरेका थिए । सो अवसरमा खेलाडीलाई शुभकामनाका साथै सहयोगीदातालाई सम्मान गरिएको थियो ।
९ नम्बर वडाको फुटबल प्रशिक्षक सुनिल बुढाथोकीको अध्यक्षता रहेको कार्यक्रममा वडाका कार्यबाहक वडाध्यक्ष भुपेन्द्र बुढाथोकी, रिद्धीसिद्धी यातायातका अध्यक्ष लबकुमार केसी, समाजसेवी सोभेन्द्र झा,रमेश बिडारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालकको रुपमा शिब बुढाथोकी रहेका थिए ।
आगामी कार्तिक १६ गतेदेखि नार्गाजुन मेयरकप नगरको वडा नम्बर ७ स्थित हसनटारमा हुँदैछ । सोही प्रतियोगिताको तयारीका लागी अहिले विभिन्न समुह दर्ता भईरहेको छ भने खेलाडीहरु प्रक्षिक्षणमा व्यस्त छन ।