वैदेशिक प्रशिक्षणमा गएको नेपाली महिला भलिबल टिम स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १८, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । वैदेशिक प्रशिक्षणमा गएको नेपाली महिला भलिबल टिम साेमबार स्वदेश फिर्ता हुने भएको छ ।

नेपाली टिम साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद साग र बंगलादेशको ढाकामा हुन लागेको एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबलको तयारीका लागि नेपाली टिम थाइल्याण्डको बैंकक गएको थियो ।

बैंकक बसाईका क्रममा नेपाली महिला टिमले सात वटा टिमसँग अभ्यास खेले खेलेको थियो । नेपाल चार खेलमा विजयी भयो भने तीन खेलमा पराजित भएको थियो ।

नेपाली टिम आउँदो बिहीबार एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेश जाने छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । थाइल्याण्डमा पहिलो खेलमा युनिभर्सिटी टिमलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

त्यसपछि दोस्रो खेलमा पनि नेपाली टिम विजयी भएको थियो । नेपाली टिमले दोस्रो खेलमा बैंकक युनिर्भसिटीलाई पनि ३–१ को सेटमा पाखा लगाएको थियो । तेस्रो खेलमा थाइल्याण्डको यू २३ सँग भिडेको नेपाली टिम उक्त खेलमा भने पराजित भएको थियो । यू–२३ सँग ३–० को सेटमा स्तब्ध बनेको थियो ।

चौथो खेलमा जापानको जुनियर टिमसँग प्रतिस्पर्धा गर्दा नेपाली टिम ३–१को सेटमा विजयी भएको थियो । पाँचौ खेलमा नेपाली टिम थाइल्याण्डको युथ टिमसँग ३–० को सेटमा स्तव्ध भएको थियो ।

छैटौँ खेलमा थाइल्याण्डको टिमसँग पनि नेपाल ३–० ले स्तब्ध भएको थियो । सातौं खेलमा नेपाली महिला टिमले किंग्स कलेजको टिमसँग खेलेको थियो । जसमा नेपाल ३–० को सेटमा विजयी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस