“धादिङको बेल्खुपारिको जग्गामा युनिभर्सिटी वा रंगशाला मध्ये एक बन्छ”: भुमि त्रिपाठी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २४, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कात्तिक २४, धादिङ । धादिङका संघीय संसद भुमि त्रिपाठीले धादिङको बेल्खुपारिको जग्गामा युनिभर्सिटी वा रंगशाला मध्य एक बन्ने बताएका छन् ।

मलेखुमा शनिबार देखि सुरुभएको तीन दिन खुल्ला ब्याडमिण्डन प्रतियोगितामा शुभकामना दिँदै प्रमुख अतिथि संसद त्रिपाठीले जिल्लाका कार्यक्रममा जाँदा सामान्य योजना माग हुने गरेका छन्, आफु भने बृहत उद्धेश्य बोकेका योजनाहरु धादिङमा ल्याउने बताउँदै यी दुई योजना मध्य एक धादिङमा ल्याउने तयारीमा रहेका बताएका हुन् ।

खेलकुद सदस्य सचिव रमेशकुमार सिलवाल धादिङ कै भएका नाताले पनि अन्तराष्ट्रिय स्तरको रंगशाला धादिङमा बनाउने प्रस्ताव ल्याउन भनेको खुलासा गर्दै युनिभर्सिटीको लागि चिनियाहरुले पनि धादिङकै भुगोल छनौट गरेकाले यी दुई मध्य एक योजना धादिङमा आउने दावी संसद त्रिपाठीले गरे ।

आफु खेलकुद प्रेमी भएको स्मरण गर्दै संसद त्रिपाठीले मलेखुमा कवर्डहल आवश्यक भएकोले जग्गा मिलाउनु होला, सम्पूर्ण खर्चको श्रोत आफुले जुटाउने समेत घोषणा गरेका थिए ।

नियमित खेल्ने पुराना खेलाडीहरुलाई A टिम नाम दिएको समुहमा २४ टिम र नयाँ खेलाडीहरु समावेश गरिएको ९ टिम रहेको B टिम यो प्रतियोगितामा सहभागि रहेका छन् ।

संघीय संसद भुमि त्रिपाठी, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवार, देविदत्त गण गजुरीका मेजर रुपेश चापागाई र जिल्ला ब्याडमिण्डन संघका संस्थापक अध्यक्ष विष्णु कुमार श्रेष्ठले पाँच स्कोर सम्म खेल खेली प्रतियोगिता उद्घाटन गरेका थिए ।

धादिङबाट जिल्ला क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा खेलि सकेका खेलाडीहरु विष्णुलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, रामचन्द्र गिरी र भिषण श्रेष्ठलाई भने प्रतियोगितामा सहभागी गराईएको छैन ।

सहकार्य : धादिङपोष्ट

ताजा अपडेट

खोजी गर्नुहोस