काठमाडौं म्याराथनको उपाधि नरेन्द्र रावललाई, महिलातर्फ कान्छीमायाको ह्याट्रिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौ । काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जित्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज शनिबार भएको प्रतियोगितामा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् ।

उनले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । आर्मीकै ज्ञान प्रसाद भट्टराई तेस्रो भए । ता,म्याराथनको महिलातर्फको उपाधि सशस्त्र प्रहरी क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् । निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै उनले उपाधि जितेकी हुन् । योसँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । समग्रमा उनको यो पाँचौ उपाधि हो । प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनमा विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस