एकदिवसीय विश्वकप छनोट:वेस्ट इन्डिजले ओमानलाई ७ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत ‘सुपर सिक्स’ को खेलमा वेस्ट इन्डिजले ओमानलाई ७ विकेटले हराएको छ ।

ओमानले दिएको २ सय २२ रनको लक्ष्य वेस्ट इन्डिजले ३९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर सहजै भेटायो । वेस्ट इन्डिजका ब्रान्डन किङले शतक बनाए । यस्तै शाई होपले नटआउट ६३ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र कलिमुल्लाहले १र१ विकेट लिए ।

यसअघि जिम्बावेको हरारे स्पोर्ट्स् क्लबमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनायो । ओमानका सुरज कुमारले नटआउट ५३ र शोएब खानले ५० रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमारियो शेपहर्डले ३ र कायल मेयर्सले २ विकेट लिए ।

वेस्ट इन्डिज र ओमान दुवै टोलीको विश्वकपमा छनोटको सम्भावना सकिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस