एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल को सँग हुँदैछ ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ ।

यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस