एसीसी इमर्जिङ टिम्स एसिया कप: उपाधिको लागि भारत र पाकिस्तान ‘ए’ टोली खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् ।

फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

अस्ति भएको पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।

आठ टोली सहभागी प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै बाहिरीएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस