भारत दोस्रो टी-२० पनि हार्‍यो, वेस्ट इन्डिज २ विकेटले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाण्डौँ । भारतसँगको दोस्रो टी–२० क्रिकेटमा पनि वेस्ट इन्डिज विजयी भएको छ । गुयनामा जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ३ र युजुवेन्द्र चाहालले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

भारतका तिलक बर्माले सर्वाधिक ५१ रन बनाएका थिए । वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २र२ विकेट लिए ।
पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस