मेस्सीको गोलले चार्लोट एफसी पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण २७, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २७,काठमाडौँ । लियोनेल मेस्सीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामीले चार्लोट एफसीलाई पराजित गरेको छ । लिग्स कपको क्वार्टरफाइनल खेलमा मियामी ४–० गोलले विजयी बनेको हो ।

खेलको १२ औँ मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा रोबर्ट टेलरले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रोह हाफमा एडिल्सन मालान्डाले आत्मघाती गोल गरेपछि मियामीको अग्रता फराकिलो बनेको थियो । ८६ औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई शानदार जित दिलाए । मेस्सीले हालसम्म खेलेका सबै खेलमा गोल गरेका छन् । पाँच खेलमा उनको गोल संख्या ८ पुगेको छ ।

अब लिग्स कपको सेमिफाइनलमा मियामीले फिलाडेल्फिया युनियनको सामना गर्नेछ । फिलाडेल्फियाले क्वेरेटारोमाथि २–१ को जीत हासिल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस