भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३,काठमाडौँ । भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल मलाहाइडमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

तीन खेलको शृङ्खलामा पाहुना टोली भारतले १–० को अग्रता बनाएको छ । शुक्रवार भएको पहिलो खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको थियो । आजको खेल जितेमा भारतले शृङ्खला जित्नेछ भने शृङ्खला जोगाउन आयरल्यान्डलाई जित्नैपर्ने दबाब छ ।

भारत र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गरेका छन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस