चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र ९, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाण्डौँ । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन् ।
फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् ।

नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले कुवेत र हङकङलाई हराएको थियो । हङकङ पनि मलेसियाभन्दा नेटरनरेटमा अघि रहँदै फाइनलमा पुग्यो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस