एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १६, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाण्डौँ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ अपेक्षा गरिएको यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस