भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १८,काठमाडौँ ।एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ ।

ताजा अपडेट

खोजी गर्नुहोस