भाद्र १८,काठमाडौँ । भारतले नेपाललाई १० विकेटले हराएको छ । पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०।१ ओभरमा भेट्टायो ।
यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।
सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।