भाद्र २०, काठमाडौँ । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन् । पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका थिए ।