भाद्र ३१,काठमाडौँ । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।
यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको छ । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सकेको थियो ।
भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।