एसीसी यू–१९: जापानमाथि फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । नेपाल मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा जापानमाथि १४३ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले सोमबार फाइनल खेल यूएईसँग खेल्नेछ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपालले पहिले ब्याटिङ गर्दै वर्षाले खेल रोकिनुपूर्व २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनायो ।

दीपक बोहराले ७० बलमा ७९ रन तथा अर्जुन कुमाल १० रनमा आउट भए । आकाश त्रिपाठी ३५ रनमा तथा कप्तान देव खनाल ८ रनमा अविजित रहे ।

त्यसपछि नेपालले ब्याटिङ गरेन र वर्षा रोकिएपछि जापानले १८७ रनको चुनौती पायो । तर जापानले ११.५ ओभरमा सबै विकेट गुमाएर मात्र ४३ रन बनायो ।

शोतारो हिरातसुकाले १५ तथा किफर यामामातो लोकेले १३ रन बनाएबाहेक कसैले पनि दोहोरो स्कोर जोडेनन् । नेपालका लागि हेमन्त धामी र दिपेश कणेलले समान ३, सुवाश भण्डारीले २ तथा आकाश चन्दले १ विकेट लिए ।

समूह चरणमा नेपाल अपराजित रहेको थियो । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस