कात्तिक ६,काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो । पाकिस्तानका कप्तान बाबर आमजले सर्वाधिक ७४ रन बनाए । यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खान समान ४० रन बनाएर आउट भए । बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए ।
यसअघिका ४ खेलमा २ खेल जितेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । उति नै खेलमा १ खेल जितेको अफगानिस्तान पुछारमा छ ।