अब नेपाल सेमिफाइनलमा यूएईसँग भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाण्डौँ। आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ ।
नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले हार्दै समूह उपविजेता बनेको हो । समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो । आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह बीको अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै यूएई समूह विजेता बनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस