विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० कार्तिक २६, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाण्डौँ । भारतमा जारी आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम चारका लागि स्थान पक्का गर्दा चौथो स्थानमा रहने टिमको टुंगो आजमात्रै लागेको हो ।

यसअघि नै न्यूजिल्याण्ड अन्तिम चार नजिक पुगे पनि औपचारिकरुपमा पाकिस्तान बाहिरिँदा मात्रै न्यूजिल्याण्डको स्थान पक्का भएको हो ।

योसँगै भारत शीर्ष स्थानका साथ सेमिफाइनलमा प्रवेश गर्दा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहँदा न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने छन् । अब सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ ।

दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ मा हुने छ । दुवै खेल नेपाली समय अनुसार अपराहन्न २ः १५ बजेदेखि शुरु हुने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस