विश्वकप विक्रेटको फाइनल आज : उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर ३, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।

भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस