नेपाल सुपर लिग फुटवलमा आज काठमाडौं र चितवन भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० मंसिर १२, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौँ । नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ।सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौं आज लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले हारेको चितवन आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि हिजोको खेलमा स्पोर्टीङ इलामले झापा एफ।सी।लाई १–० ले हराएको छ ।

कोशी प्रदेशका दुई टोलीबिचको भिडन्तमा इलामलाई विजयी गराउन सेनेगलका खेलाडी अमथ एन्दवाले ८७ औं मिनेटमा निर्णायक गोल गरे ।

दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा नौ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस