आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ ६, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक र थ्रि स्टार भिड्ने

माघ ६, पोखरा । पोखरामा माघ ९ देखि सुरु हुने २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ । क्लबले सार्वजनिक गरेको टाइसिट अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो ।

दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस