नेपालले यू–१९ विश्वकपको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १३, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
नेपालले यू–१९ विश्वकपको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

|EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Players of Nepal celebrate after the team's victory during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

माघ १३, काठमाण्डौ । नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।

नेपालले अब समूह ‘ए’ मा रहेका भारत, बंगलादेश र आयरल्याण्डसँग खेल्नेछ । आइसिसीको नियमअनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु पर्दैन । त्यसैले समूह ‘ए’ को तेस्रो हुने आयरल्याण्ड र अमेरिकामध्ये एक टिमसँग नेपालले खेल्ने छैन ।

यस्तै, सुपर सिक्समा समूह चरणको अंक पनि जोडिनेछ । यस्तो अवस्थामा नेपालले सेमिफाइनलको सम्भावना जीवित राख्न दुवै खेलमा जित निकाल्नुपर्नेछ । दुवै समूहका शीर्ष दुईरदुई टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस