आहा–रारा गोल्डकप: फाइनल प्रवेशका लागि थ्री स्टार र जावलाखेल भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
आहा–रारा गोल्डकप: फाइनल प्रवेशका लागि थ्री स्टार र जावलाखेल भिड्दै

माघ १७,कास्की । पोखरामा चलिरहेको २३औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेलले भिड्दैछन् ।

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल पर्सि शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस