आहा रारा पोखरा गोल्ड: जावलाखेललाई हराउदै थ्री स्टार फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
आहा रारा पोखरा गोल्ड: जावलाखेललाई हराउदै थ्री स्टार फाइनलमा

माघ १७,कास्की । थ्री स्टार क्लब पोखरामा चलिरहेको २३ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो । थ्री स्टारका लागि ७८ औँ मिनेटमा दिपेश घलेले गोल गरे ।

थ्री स्टारले अब उपाधिका लागि भोलि हुने चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस