क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक, कप्तान रोहित पौडेल आउट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २५, बिहिबार (१ साल अघि)
  • ३३ पटक पढिएको
क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक, कप्तान रोहित पौडेल आउट

माघ २५, काठमाडौँ । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा भुर्तेलले ४५ बलमा ५१ रन बनाएका हुन् । उनले एक छक्का र ८ चौकाको मद्दतमा ५१ बनाएका हुन् । यसैबीच, नेपालका कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भएका छन् । यसअघि ओपनर आसिफ सेख पनि ८ रनमा आउट भएका थिए । जारी खेलको १४।३ ओभरमा नेपालले दुई विकेटको क्षतिमा ७१ रन बनाएर खेलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस