हेटौंडा एकेडेमीले डेढ करोड लागतमा बनायो क्रिकेट एकेडेमी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २७, शनिबार (१ साल अघि)
  • १२५ पटक पढिएको
हेटौंडा एकेडेमीले डेढ करोड लागतमा बनायो क्रिकेट एकेडेमी

माघ २७,हेटौंडा । रहेको संस्थागत् माध्यमिक विद्यालय हेटौंडा एकेडेमीले यस वर्षदेखि क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । विद्यालयको २५ औं वर्षगाँठको अवसरमा क्रिकेट एकेडेमी सञ्चालन गर्न लागिएको हेटौंडा एकेडेमी अध्यक्ष अरुणराज सुमार्गीले जानकारी दिए । सुमार्गीकाअनुसार विद्यालयका विद्यार्थीहरुलाई पूर्वक्रिकेटर तथा राष्ट्रिय टिमका खेलाडीहरुको प्रशिक्षणमा क्रिकेट खेल्न सिकाइनेछ । क्रिकेटलाई विद्यालयको पाठ्यक्रमको एक अंशका रुपमा लिइने र व्यावसायिकरुपमा पनि सञ्चालन गरिने सुमार्गीले बताए । क्रिकेट एकेडेमीका लागि हेटौंडा एकेडेमीकै जग्गामा क्रिकेट मैदान निर्माण जारी छ । मैदान निर्माणको काम ६० प्रतिशत् भन्दा बढी सकिएको सुमार्गीले जानकारी दिए ।

विद्यालयमा पढ्ने इच्छुक विद्यार्थीले निःशुल्क रुपमा एकेडेमीमा सहभागी हुन पाउने बताउदै उनले प्रत्येक दिन विहान २ घण्टा र शनिबार विद्यालयको टिम बाहिरका टिमसँग खेल खेलाइने सुमार्गीले बताए । क्रिकेट संघ र मकवानपुर क्रिकेट संघको सहकार्यमा एकेडेमी सञ्चालनमा गर्न लागिएको जानकारी दिएका उनले फागुन १ गते सम्झौतापत्र आदानप्रदान गरिने बताए । ६ महिनाभित्र क्रिकेट ब्याटिङ र बलिङको बन्द प्रशिक्षण शिविर सञ्चालन गरिने सुमार्गीले बताए । एकेडेमी सञ्चालनका लागि लगभग डेढ करोड लागत अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस