क्यानडाबिरुद्ध १९ बलमै ५० रन बनाएर अनिलले बनाए कीर्तिमान

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० माघ २७, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
क्यानडाबिरुद्ध १९ बलमै ५० रन बनाएर अनिलले बनाए कीर्तिमान

माघ २७,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडासँगको दोस्रो एकदिवसीयमा अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड दक्षिण अफ्रिकाका एबी डि भिलियर्सको नाममा रहेको छ । उनले १६ बलमै अर्धशतक प्रहार गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस