आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालले टस हारेर ब्याटिङ गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालले टस हारेर ब्याटिङ गर्दै

फागुन ९, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस