त्रिकोणात्मक टी–२० सिरिज : वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • ३८ पटक पढिएको
त्रिकोणात्मक टी–२० सिरिज : वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

फागुन २७, काठमाण्डौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आयोजक हङकङ र नेपालबीचको खेल रद्द भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको अवस्थामा वर्षा बाधक बनेपछि खेल रद्द भएको हो ।

योसँगै दुवै टिमले एकरएक बाँडेका छन् । नेपालले अब सिरिजमा दोस्रो खेल मंगलबार खेल्ने तालिका छ । सिरिजअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस