फागुन ३०, काठमाण्डौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनीबीच आज प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार आज बिहान पौने १२ बजेदेखि खेल हुनेछ ।
यसअघि मंगलबार भएको खेलमा पीएनजीलाई नै ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । त्यसअघि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।
उता बुधबारै भएको अर्को खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पीएनजी फाइनलमा पुगेको हो । नेपाल र हङकङबीचको पहिलो खेल भने वर्षाका कारण रद्ध भएको थियो ।
यो सिरिजलाई नेपालले टी-२० विश्वकपको तयारीका रूपमा लिएको छ । नेपालले रोहित कुमार पौडेलको कप्तानीमा राष्ट्रिय टिमका नियमित केही खेलाडीलाई विश्राम दिँदै टोली घोषणा गरेको थियो । नेपाली टिममा पौडेलका अलावा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।