इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ २, बुधबार (११ महिना अघि)
  • १२५ पटक पढिएको
इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

जेठ २, काठमाडौँ । इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ । नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे ।

त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस