रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ २०, आईतबार (१० महिना अघि)
  • ५९ पटक पढिएको
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि

जेठ २०,काठमाडौँ । स्पेनिस टोली रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरे । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस