टी२० विश्वकप

भारत सेमीफाइनलमा प्रवेश, रोहित शर्माको कीर्तिमानी इनिङमा अस्ट्रेलिया पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ ११, मंगलबार (१० महिना अघि)
  • १३५ पटक पढिएको
भारत सेमीफाइनलमा प्रवेश, रोहित शर्माको कीर्तिमानी इनिङमा अस्ट्रेलिया पराजित

असार ११, काठमाण्डौँ । ग्रास आइलेट– रोहित शर्माको कप्तानीमा भारतीय टीम उत्कृष्ट प्रदर्शन गर्दै जारी टी२० विश्वकप २०२४ प्रवेश गरेको छ । भारतीय टीमले सुपर ८ को राउण्डमा सोमवार राति आफ्नो अन्तिम प्रतिस्पर्धामा अस्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । भारतसंगको हारपछि अस्ट्रेलियाका लागि भने अब प्रतियोगिताबाटै बाहिरिने खतरा बढेको छ ।

अर्कोतिर अफगानिस्तानको टीम निकै खुशी देखिएको छ । वास्तवमा मंगलवार बिहान सवा छ बजेदेखि अफागनिस्तान तथा बंगलादेशबीच खेल हुँदैछ । यो खेलमा अफगानिस्तान विजयी भयो भने यो टीम सेमीफाइनलमा पुग्नेछ र अस्ट्रेलियाको टीम प्रतियोगिताबाट बाहिरिने छ । जबकि अफगानिस्तानको पराजयमा अस्टे्रलिया सेमीफाइनलमा पुग्ने छ ।

#टी२० विश्वकप

ताजा अपडेट

खोजी गर्नुहोस