युरोकप २०२४: क्वार्टरफाइनल खेलमा जर्मनी २-१ गोलले स्तब्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ अषाढ २२, शनिबार (९ महिना अघि)
  • १३२ पटक पढिएको
युरोकप २०२४: क्वार्टरफाइनल खेलमा जर्मनी २-१ गोलले स्तब्ध

असार २२,काठमाडौँ ।  युरोकप २०२४ को पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।

खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस