भाद्र २,काठमाडौँ । साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल नासरलाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल गर्यो ।
त्यसअघि पहिलो हाफको ४४औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर, अल नासरले यो अग्रतालाई जोगाउन नसक्दा उपाधि जित्न सकेन ।