साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ भाद्र ८, शनिबार (७ महिना अघि)
  • ७७ पटक पढिएको
साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा भोलि नेपाल र भुटान खेल्ने

भाद्र ८, काठमाण्डौँ ।  साफ यु–२० च्याम्पियनसिप फुटबलमा आइतबार नेपाल र भुटानबीच सेमिफाइनल खेल हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

समूह ‘बी’ को अन्तिम खेलमा हिजो भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हा।

समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उपविजेता तथा समूह ‘बी’ मा भारत विजेता र भुटान उपविजेता बनेका हुन् ।

दोस्रो सेमिफाइनलमा सोमवार भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस