१७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबल : पाकिस्तानसँग नेपाल पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ आश्विन ५, शनिबार (७ महिना अघि)
  • ९२ पटक पढिएको
१७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबल : पाकिस्तानसँग नेपाल पराजित

असोज ५, काठमाण्डौँ । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको हो ।

खेल बराबरीतर्फ अघि बढेकोमा ८२ औँ मिनेटमा पाकिस्तानले गोल गरेर विजयी भएको हो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्का र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस