नेपालले आज ओमानको सामना गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)
  • ६३ पटक पढिएको
नेपालले आज ओमानको सामना गर्दै

असोज ८, काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजअन्तर्गत आज ओमानको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।

नेपालले यसअघि खेलेका यस सिरिजका तीनै खेलमा हार बेहोरेको छ । नेपालले क्यानडासँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस