क्यानडासँग नेपाल फेरि पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ आश्विन १६, बुधबार (६ महिना अघि)
  • ६५ पटक पढिएको
क्यानडासँग नेपाल फेरि पराजित

असोज १६, काठमाडौँ । नेपाल आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिझ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ । यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ । अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस