एनपीएल : रिजन ढकाललाई चितवन राइनोजले १० लाखमा किन्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ आश्विन २०, आईतबार (६ महिना अघि)
  • १०० पटक पढिएको
एनपीएल : रिजन ढकाललाई चितवन राइनोजले १० लाखमा किन्यो

असोज २०, काठमाण्डौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा राष्ट्रिय टोलीका तीव्र गतिका बलर रिजन ढकाल १० लाखमा बिक्री भएका छन् । काठमाडौँमा आज (आइतबार) जारी अक्सनमा ढकाललाई चितवन राइनोजले खरिद गरेको हो ।  उनलाई न्यूनतम १० लाखमा चितवन राइनोजले खरिद गर्दा अन्य टिमले उनका लागि इच्छा देखाइनन् ।

ढकाल यो पटकको अक्सनमा ब्रिकी हुने पहिलो खेलाडी बने । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् । आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेन छन् । जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस