इंग्लयाण्डमाथि नेपालको ऐतिहासिक जित,कप्तान विष्फोटक जोराको ब्याटिङ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ कार्तिक १६, शुक्रबार (५ महिना अघि)
  • १०३ पटक पढिएको
इंग्लयाण्डमाथि नेपालको ऐतिहासिक जित,कप्तान विष्फोटक जोराको ब्याटिङ

कात्तिक १६,काठमाडौँ । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना विकेटको क्षति ४/२ ओभरमा पूरा गरेको हो । जोराले १२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा ५० रन बनाए । उनी अर्धशतकपछि रिटायर लिन पाउने भएकोले उनी रिटायर्ड नटआउट रहे।

रासिद खानले ५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेर अविजित २१ रन बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी २० रन बनाए ।

त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५/५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले १ चौका र ७ छक्का प्रहार गरे । समित पटेलले १७ बलमा ३चौका र ३ छक्का प्रहार गर्दै ३९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका लागि प्रतिश जिसी प्रभावकारी रहे । उनले २ ओभर बलिङ गरेका उनले १८ रन खर्चेर ३ विकेट लिए ।

रासिद खान, नारायण जोशी र विवेक यादवले १/१ विकेट लिए । बलिङ गरेका मध्ये रासिदले मात्र विकेट लिन सकेनन् ।

समूह बी मा रहेको नेपालले अब आइतबार अष्ट्रेलियाको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस