पुस १,काठमाडौँ । सुदुरपश्चिम रोयल्सले १५.१ ओभरमा १०५ रन बनाउदै कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । याक्सले दिएको १०२ रनको लक्ष्य पछ्याउदा सुदुपश्चिमले ४ विकेटको क्षेतीमा नतिजा आफ्नो पक्षमा पारेको हो । सुदुरपश्चिमको जितमा इशान पाण्डे र दिप्न्द्रसिंह ऐरीले समान ३८ रन बनाए ।
कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो ।
यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।