एनपीएलको फाइनलमा सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ पौष ८, सोमबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
एनपीएलको फाइनलमा सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ

पौष ८, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका ३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।

उनीहरूले काठमाडौँ टोखा नगरपालिका ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस