माघ ९,काठमाडौँ । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार) नेपाल अस्ट्रेलियासँग भिड्दै छ।
पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट तथा ७ गते भएको दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले हारेको थियो।
आजको खेल पनि हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ।