थाइल्याण्डले दियो नेपाललाई १०७ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ५९ पटक पढिएको
थाइल्याण्डले दियो नेपाललाई १०७ रनको लक्ष्य

माघ २२, काठमाण्डौँ ।  नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय श्रृंखलामा थाइल्याण्डले घरेलु टिमसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।

थाइल्याण्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे । नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् ।

चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए । नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्याण्ड्ससँग २० रन, थाइल्याण्डसँग चार विकेट र पुनः नेदरल्याण्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्याण्ड भने प्रतियोगितामा अपराजित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस